सिंहदरबारमा प्रधानमन्त्री बालेन, क्याबिनेट बैठक बस्दै

651
Shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँग छलफलमा व्यस्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी हाल मन्त्रीहरूसँग विभिन्न विषयमा परामर्श गरिरहेका छन्।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बसाल्दै चार वटा निर्णय गरेका थिए। आजको मन्त्रिपरिषद् बैठक भने दिउँसो २ बजेका लागि तय गरिएको छ।