किन जिल्ला अदालत काठमाडौं पुगे रवि लामिछाने ?

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भई सहकारीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।

उनी केहीबेरअघि अदालत पुगेका थिए र कानुनी प्रक्रिया अनुसार तारिख बुझेर फर्किएको बताइएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।