ओलीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।

प्रधानमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिइसकेका छन् र आजै पदभार ग्रहण गर्ने तयारीमा छन्।

यस अवसरमा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई सन्देश दिँदै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेका हुन् ।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहसहित सम्पूर्ण मन्त्रिपरिषद् सदस्यहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

प्रधानमन्त्री बालेनको शपथमा पूर्वप्रधानमन्त्री ओली उपस्थित थिएनन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल शपथमा उपस्थित थिए ।