बालेनलाई बधाई दिँदै सुशीलाले भनिन्: जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्

56
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्।

उनले ३५ वर्षीय युवा नेतृत्वलाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफू निकै खुसी भएको उल्लेख गरेकी छन्। साथै, जोस र होसको सन्तुलन कायम गर्दै जनताको जनादेशअनुसार काम गर्न सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना,’ कार्कीले भनेकी छन् ।

शाहले आजै प्रधानमन्त्रीको शपथ लिएका हुन् ।