यस्तो बन्यो बालेन मन्त्रिमण्डल, को-को बने मन्त्री ?

301
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनले शपथ लिएपछि १५ नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिए ।

यस्तो बन्यो बालेनको मन्त्रिमण्डल-

१. बालेन्द्र शाह (बालेन)– प्रधानमन्त्री, रक्षा तथा उद्योग
२. डा. स्वर्णिम वाग्ले – अर्थ
३. सुधन गुरुङ – गृह
४. शिशिर खनाल – परराष्ट्र
५. सोविता गौतम – कानुन
६. सस्मित पोखरेल – शिक्षा
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – संघीय मामिला/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
११. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१२. गणेश पौडेल – संस्कृति तथा पर्यटन
१३. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि
१४. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. गीता चौधरी – कृषि तथा पशुपन्छी
१६.सुनिल लम्साल- भौतिक पूर्वाधार