
पोखरा । नेपालका लागि हुण्डाई, फोर्थिङ र केई गाडीहरूको आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले पोखरामा जारी ‘वाडा अटो शो २०२६’का लागि विशेष अफरहरूको घोषणा गरेको छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित ताल बाराही चोकमा चैत ११ गतेदेखि सुरु भएको यो मेला चैत १५ गतेसम्म चल्नेछ । नयाँ गाडी खरिद गर्न चाहने वा आफ्नो पुरानो गाडीलाई अपग्रेड गर्न खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले सीमित अवधिका लागि आकर्षक उपहार र नगद लाभको योजना ल्याएको हो ।
यस अटो शोको मुख्य आकर्षणको रूपमा लक्ष्मी ग्रुपले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फोर्थिङ फ्राइडे’ मा ७ लाख रुपैयाँसम्मको विशेष लाभ प्रदान गर्ने घोषणा गरेको छ । यो गाडी ६४.४ किलोवाट आवर क्षमताको शक्तिशाली ब्याट्रीसहित उपलब्ध छ ।
फोर्थिङ फ्राइडेले डब्लूएलटीपी अनुसार एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ ।
१८५ एमएमको ग्राउण्ड क्लियरेन्स भएको यो ईभीले नेपाली सडकमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिइएको छ । अत्याधुनिक प्रविधि, सुरक्षाका उच्च मापदण्ड र आधुनिक डिजाइनको फ्युजन मानिने यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
फोर्थिङका साथै लक्ष्मी ग्रुपले आफ्ना लोकप्रिय ब्रान्डहरू हुण्डाई र काईका गाडीहरूमा पनि विशेष अफरहरू सार्वजनिक गरेको छ । अटो शो अवधिभर स्टलमा आउने ग्राहकहरूले यी गाडीहरूको टेस्ट ड्राइभ गर्ने र विभिन्न सुविधाहरूका बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
लक्ष्मी ग्रुपले लामो समयदेखि नेपालमा वातावरणमैत्री र प्रविधिमैत्री सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । ‘हामी ग्राहकको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राख्दै भविष्य-उन्मुख गतिशीलता समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पोखराबासी तथा गाडीका पारखीहरूलाई यो अवसरको फाइदा उठाउन र लेकसाइडमा आयोजना भइरहेको अटो एक्स्पोमा लक्ष्मी ग्रुपको स्टल अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।











प्रतिक्रिया