शीलत निवासमा प्रधानमन्त्री बालेनको शपथ (LIVE)

483
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)नेपालका ४७ औं प्रधानमन्त्रीको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ ।

शुक्रबार मध्याह्न १२:३४ बजे बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने छन् ।

शपथ समारोहलाई विशेष धार्मिक विधिसहित आयोजना गरिँदै छ । कार्यक्रममा सातवटा शंखबाट शंखनाद गरिएको थियो भने १०८ जना बटुकले स्वस्तिवाचन गर्नुका साथै साथै, १६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिँदै छ ।

गत फागनु २१ मा सम्पन्न प्रनितिधि सभा निर्वाचनमा करिब दुई तिहाइ सिटमा जित हात पारेको रास्वपाले बालेनलाई बिहीबार संसदीय दलको नेता चयन गरेको थियो ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेन प्रधानमन्त्री बन्न लागेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।