
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज ४७ औं प्रधानमन्त्रीको रुपमा पदको शपथ लिँदै छन् ।
बालेनको शपथका क्रममा मन्त्रीहरूले पनि शपथ लिने छन् ।
रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद्को प्रारम्भिक सूची तयार गरिसकेको जनाएको छ । पार्टीका शीर्ष नेतृत्वबीच छलफलपछि मन्त्री बन्नेहरूको नाम टुंगो लगाइएको हो ।
प्रस्तावित मन्त्रिपरिषद् सूची यसप्रकार छ–
१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री तथा रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थ
३. सुधन गुरुङ – गृह
४. शिशिर खनाल – परराष्ट्र
५. सोविता गौतम – कानुन
६. सस्मित पोखरेल – शिक्षा
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – संघीय मामिला/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गणेश पौडेल – संस्कृति तथा पर्यटन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि
१५. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी








प्रतिक्रिया