सांसदको शपथ ग्रहण गरेलगत्तै किन सर्वोच्च अदालत पुगे बालेन ?

5.4k
Shares

काठमाडौं । सांसदको शपथ ग्रहण गरेलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाह सर्वोच्च अदालत पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले आफूमाथि दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा तारिख बुझेका हुन् ।

शाहविरुद्ध सर्वोच्च अदालतमा विगत तीन वर्षदेखि अवहेलनाको मुद्दा विचाराधीन छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी फिल्म प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी गरेपछि त्यस विषयमा शाहले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा विवादित बनेको थियो । सोही विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् ।

उक्त मुद्दाकै सिलसिलामा शाह आज सर्वोच्च अदालत पुगेका हुन् । अब सो मुद्दाको सुनुवाइका लागि १४ जेठको मिति तोकिएको छ ।