
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारका सकारात्मक र जनहितका काममा आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्।
शपथ लिन सिंहदरबार पुगेका शाहीले संसदबाटै जनताको समस्या समाधान हुने अपेक्षा व्यक्त गरे।
उनले भने, ‘पहिलाजस्तो मन्त्रीका गेट–गेट धाउनुपर्ने अवस्था नआओस्, संसदबाटै जनताका समस्याको समाधान होस् भन्ने हाम्रो चाहना हो। हामी सकारात्मक र राम्रो काममा साथ दिँदै अघि बढ्नेछौँ।’
शाहीले राप्रपा सधैं राष्ट्रहितमा हुने कामको पक्षमा उभिने स्पष्ट पारे।








प्रतिक्रिया