३७ मेगावाटको तेजो थोगाम खोला जलविद्युत आयोजनाको डीपीआरका लागि सम्झौता

84
Shares

काठमाडौं । ३७ मेगावाट क्षमताको तेजो थोगाम खोला पिआरओआर जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र बोलपत्र सम्बन्धी कागजात तयार गर्नका लागि सम्झौता भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रोपावर प्राइभेट लिमिटेड र परामर्शदाता कम्पनी स्लेसा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड (सेकोन) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा स्नोफल हाइड्रोपावरका अध्यक्ष प्रकाश दुलाल र स्लेसा इन्जिनियरिङका अध्यक्ष शशी शर्मा भण्डारीले हस्ताक्षर गरे । सम्झौता बमोजिम स्लेसा इन्जिनियरिङले आयोजनाको पूर्ण विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र बोलपत्र तयार पार्ने सेवा प्रदान गर्नेछ ।

स्नोफल हाइड्रोपावरले अगाडि बढाएको यो आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने लक्ष्यका साथ निर्माण प्रक्रियामा लैजान लागिएको स्नोफलका अध्यक्ष दुलालले बताए ।