अपि पावरको म्यानेजमेन्ट टिमबाट बाहिरिए सञ्जीव न्यौपाने, अब सञ्चालकमात्र

0
Shares

काठमाडौं । अपि पावरको कार्यकारी सञ्चालक पदबाट सञ्जीव न्यौपानेले राजीनामा दिएका छन् । म्यानेजमेन्ट टिमबाट न्यौपानेको बहिर्गमन सँगै कम्पनीको नेतृत्वमा फेरबदल भएको हो । रिक्त पदमा शाश्वत चालिसे नियुक्त भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई उपलब्ध गराएको जानकारी अनुसार न्यौपानेले कार्य व्यस्तताका कारण कार्यकारी सञ्चालक पदबाट राजीनामा दिएका हुन् । उनले २०८२ चैत ८ गते दिएको राजीनामालाई चैत ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । राजीनामा स्वीकृत भए तापनि न्यौपाने कम्पनीको सञ्चालक पदमा भने यथावत रहनेछन् ।

न्यौपानेको राजीनामासँगै रिक्त भएको कार्यकारी पदमा कम्पनीका सञ्चालक शाश्वत चालिसेलाई प्रबन्ध सञ्चालक बनाइएको छ ।