इरानविरुद्ध अझै कैयौं हप्तासम्म युद्ध हुने इजरायलको दाबी


एजेन्सी । सोमबार सञ्चारमाध्यमलाई दिएको एक बयानमा इजरायली रक्षा बलका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रीनले इरान र लेबनानमा हेजबुल्लाह विरुद्ध अझै हप्तौंसम्मको लडाइँ बाँकी रहेको बताएका छन् ।

डेफ्रीनले भनेका छन्, ‘हामीले इरान र हेजबुल्लाह विरुद्ध अझै धेरै हप्तासम्म लडाइँ लड्नुपर्ने अपेक्षा गरिएको छ ।’

‘हरेक बित्दो दिनसँगै हामीले आतंककारी शासनलाई झन्–झन् कमजोर बनाउँदै लगेका छौं । हामी आतंककारी शासन र त्यसका सहयोगी समूहहरूलाई इजरायल राज्यका लागि खतरा बन्न दिने छैनौं ।’