पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा, २१ व्यक्ति र दुई कम्पनी विरुद्ध आरोपपत्र दायर


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले ठेकेदार कम्पनी चाइना सीएएमएमसी इन्जिनियरिङ र परामर्शदाता इआरएमसीरए(नटरस्लेटजेभी उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी विरुद्द ४६ करोड १५ लाख, नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु संजिब गौतम विरुद्द ८ करोड १५ लाख, राजन पोखरेल विरुद्द ४६ करोड १५ लाख, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल विरुद्घ ८ करोड १५ लाख रुपैयाँको मुद्दा दायर गरेको छ ।

उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठलाई ६ करोड ७३ लाख, पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई ४६ करोड १५ लाख, प्राधिकरणका आयोजना निर्देशक बाबुराम पौडेललाई ८ करोड १५ लाख, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपानेलाइ ४६ करोड १५ लाख, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठलाई ४६ करोड १५ लाख रुपैयाँको मुद्दा दायर गरेको छ ।

यस्तै तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मीलाई ४६ करोड १५ लाख, उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृतरउपप्रबन्धक प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृतरउपप्रबन्धक सबिन फुयाललाई जनही ८ करोड १५ लाख, तत्कालीन उपप्रबन्धक हिमज्योती थापालाई ४६ करोड १५ लाख रुपैयाँको मुद्दा दायर गरेको छ ।

निर्माण आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरीलाई ४६ करोड १५ लाख र परामर्शदाता कम्पनीका ४ जना यम बहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडी ४६ करोड १५ लाख र चिनियाँ कम्पनी सीएएमसीका दुई चिनियाँ अधिकरीलाई पनि ४६ करोड १५ लाखको मुद्दा दायर गरेको छ ।