निसान म्याग्नाइट मा ‘१ वर्ष शून्य इन्धन’, १ लाखसम्म एक्सचेन्ज बोनस


काठमाडौं । नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटमा ग्राहकहरूका लागि ‘वन इयर जिरो फ्युल’ योजना घोषणा गरेको छ।

यस ‘१ वर्ष शून्य इन्धन’ अभियान अन्तर्गत ग्राहकहरूले ५० हजारसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स, तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्नेछन् ।

हाल निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५.७५ लाख रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

यसलाई अझ आकर्षक बनाउँदै, निसानले सजिलो ओनरशिप योजना पनि ल्याएको छ, जस अन्तर्गत म्याग्नाइट भिसिया अब प्रति दिन मात्र रु. ९९९ मा उपलब्ध हुनेछ, जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।

निसान म्याग्नाइट मा ५-स्टार ग्लोबल एनक्याप सेफ्टी रेटिङ सहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ एमएम ग्राउण्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल-स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन, तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरियन्टहरूमा उपलब्ध छन्।

कम्पनीले ग्राहकहरूलाई नजिकको निसान शोरूममा गई टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको छ।

पायोनियर मोटो कर्प प्रालि नेपालमा निसान सवारी साधनहरूको आधिकारिक वितरक हो, जसले देशभर फैलिएको डिलर नेटवर्कमार्फत बिक्री, सेवा तथा स्पेयर पार्ट्स सुविधा प्रदान गर्दै आएको छ ।