हावाहुरीले १३२ केभी क्षमताको लमही सबस्टेसनमा आगलागी,  विद्युत आपूर्ति अवरुद्ध

161
Shares

काठमाडौं । दाङस्थित १३२ केभी क्षमताको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा आगलागी भएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा अन्तर्गत पर्ने उक्त कन्ट्रोल हाउसमा शुक्रबार हावाहुरीपछि विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण सबस्टेसनबाट भइरहेको विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Skip This