देउवा निकट महरले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

175
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनी आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटका क्रममा महरले देशको जटिल राजनीतिक अवस्थालाई समाधानतर्फ लैजान निर्वाचनसम्म राष्ट्रपतिले खेलेको अभिभावकीय भूमिकाप्रति आभार व्यक्त गरेका छन् ।

भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै महरले लेखेका छन्, ‘संकटग्रस्त राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिन निर्वाचनसम्म विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुभएका सम्माननीय राष्ट्रपतिज्यूसँग आज शीतल निवासमा राष्ट्रिय राजनीतिबारे विमर्शसहित भेटवार्ता भयो।’

पूर्वसभापति शेरबहादुर देउवा निकट महर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा पराजित भएका थिए ।

Skip This