रवि-बालेनसहित दुई उपसभापतिको छलफल, के भयो कुराकानी ?

7.3k
Shares

काठमाडौं । सरकार गठनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू छलफलमा जुटेका छन्।

बिहीबार साँझ सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको हो ।

उपाध्यक्ष वाग्लेले ‘राजकाज: आज साँझको छलफल’ लेख्दै भेटवार्ताको तस्बिर सार्वजनिक गरेका हुन् ।

उक्त छलफलमा सरकार गठनका तयारीबारे कुराकानी भएको बताइएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले करिब दुई तिहाइ सिट ल्याएपछि सरकार गठन प्रक्रिया अघि बढेको हो ।

निर्वाचनअघि नै रास्वपाले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाउने घोषणा गरेको थियो । सोहीअनुसार अहिले दलभित्र नेतृत्व र मन्त्रिपरिषद् गठनबारे आन्तरिक छलफल तीव्र बनाइएको छ ।

आजको बैठक मुख्यतः मन्त्रिपरिषद् टुंग्याउने उद्देश्यका साथ बसेको हुन सक्ने स्रोतले जनाएको छ । साथै, सरकारको प्राथमिकता र कार्ययोजनाबारे समेत प्रारम्भिक मन्थन भएको बुझिएको छ ।

Skip This