
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल भक्तपुर पुगेका छन् ।
पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल ओली निवास गुन्डु पुगेका हुन् ।
त्यसक्रममा अर्यालले ओलीका दिवंगत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे ।
साथै उनले शोकसन्तप्त ओली परिवारप्रति समवेदना प्रकट गरे ।







प्रतिक्रिया