
काठमाडौं । महाशक्ति सिमेन्टले ६ महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब आधा अर्ब रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ९४ करो १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार पछिल्लो दुई वर्षमा १४.२२ प्रतिशतले बढेको छ । कम्पनीको नाफा मार्जिन गत आवमा ३० प्रतिशत छ । कम्पनीको गत आवमा ११ करोड २० लाख रुपैयाँ कुल सञ्चय नगद रहेको जनाएको छ ।
सन् २०२३ मा दर्ता भएको कम्पनी ३ वटा कम्पनी मर्ज भएको संस्था हो । महाशक्ति सिमेन्ट, गरिमा सिमेन्ट र एम जयपी सिमेन्ट सन् २०२३ मा मर्ज भई महाशक्ति सिमेन्ट बनेको हो ।
कपिलवस्तुमा रहेका उद्योगले विभिन्न प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
श्यामप्रसाद पौडेलको ९ प्रतिशत र हरिबहादुर भण्डारी र पारस अधिकारीले ८/८ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८० करोड २१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६३ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब १६ करोड ५२ लाख रुपैयाँकोे रेटिङ गराएको हो ।
कम्पनीको अध्यक्ष सुन्दर पाठक हुन् ।







प्रतिक्रिया