
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी तेलको मूल्य बढाएको हो ।
जसअनुसार पेट्रोल प्रतिलिटर १५ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य लिटरको १० रूपैयाँले बढेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरको १७२ र डिजेल १५२ रूपैयाँ पर्नेछ ।
भारतले पेट्रोलको मूल्य ३१ रूपैयाँ, डिजेल र मट्टितेल ५४ रूपैयाँ र ग्यास २१६ रूपैयाँले बढाएर नयाँ मूल्य पठाए तापनि निगमले भने निकै कम दरले इन्धनको मूल्य बढाएको हो ।
पश्चिम एशिया तनाबका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकासिएको छ । जसको प्रभाव नेपालसम्म परेको हो । यद्यपि भारतबाट भाउ बढेर आए तापनि निगमले भने उपभोक्तामा असर पर्ने भन्दै मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट बेहोर्ने गरी पेट्रोलियम पदार्थको मूल्य भारी मात्राले नबढाएको हो ।









प्रतिक्रिया