
काठमाडाैं । उमेदवारी खारेजीमा परेका धनुषा क्षेत्र नम्बर १ का उमेदवार किशोरी साहको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्चले धनुषा- १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार साहको उम्मेदवारी मनोनयन दर्ता खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन आइतबार भएको सुनुवाइबाट अस्वीकार गरेको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा साहको मुद्दाको सुनुनवाई भएको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परेपछिको छानविनबाट निर्वाचन आयोगले उमेदवार हुन अयोग्य भएको ठहर गर्दै साहको उमेदवारी १९ फागुनमा खारेज भएको थियो । २१ फागुनमा भएको निर्वाचनमा उमेदवारी खारेज भएपछि साह अदालत गएका थिए ।
निर्वाचन आयोगले भने साहको मुद्दा खारेज भएकोले अन्य उमेदवारमध्येबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवार मातृका यादवलाई निर्वाचन आयोगले अदालतको फैसला मान्ने सर्तमा विजेता बनाएको छ ।







प्रतिक्रिया