बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, जाँचबुझ आयोगको प्रतिवेदन पारित होला ?


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनपछि मतगणना सम्पन्न भइसकेको र नयाँ सरकार बन्ने दिशातिर अघि बढ्दै गर्दा आइतबार दिउँसो साढे ३ बजेबाट मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर निर्णय लिइने तयारी रहेको जनाइएको हो ।

प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार वर्तमान मन्त्रिपरिषद्को यो अन्तिम बैठक हो।

फागुन २५ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने बताएकी थिइन । तर, त्यसयता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

मन्त्रिपरिषद् बैठकले प्रतिवेदन पारित गर्न, तर कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै हुने जनाइएको छ । प्रतिवेदनले भदौ २३–२४ को जेन–जी आन्दोलनमा बल प्रयोग गर्ने प्रशासनिक तथा सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस गरेको छ ।