कांग्रेसको केन्द्रीय समिति बैठक जारी, २० सांसद छान्ने


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सकिएर परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

निर्वाचन आयोगले दलहरूलाई आजसम्म समानुपातिक बन्दसूचीबाट उम्मेदवार छनोट गरेर पठाउन समय दिएपछि कांग्रेसको बैठक बसेको हो ।

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सांसद पाएको छ ।