भ्रमपूर्ण भिडियो सार्वजनिक गरेको अभियोगमा एक नेपालीसहित १० जना पक्राउ

497
Shares

काठमाडौं । मिसाइल खसेको भन्दै एआईबाट सिर्जित भ्रमपूर्ण भिडियो सार्वजनिक गरेको गरेको अभियोगमा युईए सरकारले एक नेपालीसहित १० जनालाई पक्राउ गरेको छ ।

युएईका महान्यायाधिवक्ताले डिजिटल प्लेटफर्महरूमा भ्रामक र बनावटी भिडियो क्लिप प्रकाशित गरेको आरोपमा १० जना प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएको थियो ।

उनीहरुमा २ भारतीयसँगै पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, नेपाल, भियतनाम र इरानका छन् ।

सुरक्षा अधिकारीहरूले भिडियोमा वास्तविक र एआई–उत्पन्न फुटेज समावेश भएको बताएका छन् । जसमा युएईभरि विस्फोट, आक्रमण र सुरक्षा खतरा झूटा रूपमा देखाइएको पाइएपछि उनीहरुलाई पक्राउ आदेश दिइएको हो ।

अनुसन्धानले जनतालाई भ्रमित पार्ने र डर फैलाउने उद्देश्यले सामग्री राखिएको पत्ता लगाएपछि संदिग्धहरूलाई द्रुत मुद्दामा पठाइएको गल्फ न्युजले जनाएको छ ।

अधिकारीहरूले यस्तो गलत सूचना फैलाउँदा राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने र कम्तिमा एक वर्षको जेल सजाय र १ लाख दिराम(४० लाख २२ हजार नेपाली रुपैयाँ) जरिवाना हुने चेतावनी दिइएको छ। पक्राउ परेकाहरुको परिचय गोप्य राखिएको छ ।