कांग्रेसले पार्टीभित्रका अनुशासन उल्लंघनको अध्ययन गर्ने, गर्‍यो यस्तो निर्णय

119
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीभित्र भएका अनुशासन उल्लंघन सम्बन्धी उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ ।

संयोजक तारामान गुरुङ को संयोजकत्वमा ललितपुरस्थित बीपी स्मृति भवन मा शुक्रबार बसेको बैठकले प्राप्त उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको पार्टीका कावामुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

बैठकले दिनेश थापा मगर लाई केन्द्रीय अनुशासन समितिको सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। उनलाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति को कार्यविधि–२०८२ को उपदफा (१.१) अनुसार समितिको सचिवमा नियुक्त गरिएको जनाइएको छ ।