सिन्धुपाल्चोकमा नेकपाबाट जितेका युवराज दुलालले गरे चुनावमा २९ लाख ३४ हजार खर्च, केमा कति ?

49
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी युवराज दुलालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले चुनावी अभियानका क्रममा कुल २९ लाख ३४ हजार ४४ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।

खर्च विवरणअनुसार विभिन्न शीर्षकमा रकम खर्च गरिएको देखिन्छ । मनोनयन दर्ता शुल्कदेखि सवारीसाधन भाडा तथा इन्धन, प्रचार सामग्री, मतदाता अभिमुखीकरण, विभिन्न माध्यमबाट प्रचारप्रसार, निर्वाचन कार्यालय सञ्चालन, वडा तहका प्रतिनिधि परिचालन तथा विविध शीर्षकमा खर्च गरिएको छ।

विवरणअनुसार वडा तहका प्रतिनिधि परिचालनमा सबैभन्दा धेरै १४ लाख रुपैयाँ खर्च गरिएको देखिएको छ । त्यस्तै सवारीसाधन भाडा तथा इन्धनमा ४ लाख १० हजार ९५५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

मतदाता अभिमुखीकरणमा ६० हजार, प्रचार सामग्रीमा ३ लाख २० हजार र १ लाख ४३ हजार ३७० रुपैयाँ, बिविध माध्यमबाट प्रचारप्रसारमा ३ लाख ५० हजार, निर्वाचन कार्यालय सञ्चालनमा १ लाख १० हजार ७३० रुपैयाँ र विविधमा ५८ हजार ९१८ रुपैयाँ तथा मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरिएको छ ।