
काठमाडौं । रौतहट–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनका क्रममा धमलाले १२ लाख ६५ हजार खर्च गरेको विवरणमा उल्लेख गरेका छन् ।
उनले मनोनयन दर्ताको लागि १० हजार, २ वटा सवारी साधन भाडा खर्च ३ लाख, हवाई भाडा खर्च ३६ हजार २८५, मोटरसाइकल र्यालीसहितको लागि इन्धनवापत २ लाख ४६ हजार, टिसर्ट प्रिन्ट तथा प्रचार सामग्रीका लागि ५ लाख ४४ हजार १८६ रुपैयाँ र कार्यकर्ता व्यवस्थापन खाना खाजा तथा अन्य गरि १ लाख २८ हजार ५२९ रुपैयाँ गरि कुल १२ लाख ६५ हजाररुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
आम जनता पार्टीबाट उम्मेदवार बनेका धमलाले ६५५ भोट मात्र पाएका थिए ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल ३६ हजार ८७६ मतसहित विजयी हुँदा दोस्रो बनेको कांग्रेस उम्मेदवार देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ भोट ल्याएका थिए ।







प्रतिक्रिया