सिभिल बैंकको नबिकेको ४२ लाख ३८ हजार कित्ता हकप्रद सेयर लिलामीमा



काठमाडौं । सिभिल बैंकको बुधबार (फागुन २३ गते) देखि ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा चैत १ गतेसम्ममा बोलकबोल गर्नुपर्ने छ ।

बैंकले मंसिर २२ देखि माघ १२ गतेसम्म १०ः४ अनुपातमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
उक्त समयमा हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामी गरिएको हो ।

सिभिलको उक्त हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु