रवीन्द्र मिश्रले चुनावमा गरे २३ लाख ९७ हजार खर्च

56
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार रहेका रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्चको पूर्णविवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दर्ता गरिएको विवरण अनुसार मिश्रले निर्वाचनका क्रममा कुल २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम उनले बुझाएको विवरणमा सचिवालय सञ्चालनदेखि प्रचारप्रसारसम्मका ९ वटा शीर्षकमा खर्च भएको देखाइएको छ ।

खर्चको मुख्य विवरणहरू:
१. सचिवालय कुल खर्च: ८,५०,००० रुपैयाँ
२. विविध मिडिया / ग्राफिक्स उत्पादन: ५,५०,००० रुपैयाँ
३. सवारी साधन र इन्धन: २,५०,००० रुपैयाँ
४. घरदैलो खाना: १,५०,५०० रुपैयाँ
५. सामूहिक अन्तरक्रिया खाना: २,४०,५०० रुपैयाँ
प्रचारप्रसार सामग्री: १,१२,०६३ रुपैयाँ
६. प्रचारप्रसार सामग्री: १,१२,०६३
७. ठूलो स्पिकर खरिद: ६०,००० रुपैयाँ
८. रेडियो विज्ञापन: ५४,०७० रुपैयाँ
९. प्रचारप्रसारक टीम धन्यवाद र विविध: १,३०,७६९