सम्पूर्ण अपडेट

रूपन्देही-२ र ३ का उम्मेदवारले बुझाए चुनावी खर्च विवरण, कसले कति गरे ?

196
Shares

काठमाडौं । रूपन्देही क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

उनले सबैभन्दा बढी मसलन्द, छपाइ तथा प्रिन्टिङमा ९ लाख २१ हजार ७४० रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । त्यसपछि खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली तथा साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० र अफिस, प्रचारप्रसार तथा कार्यालय भाडामा २ लाख ४० हजार रुपैयाँ खर्च भएको देखिएको छ ।

त्यस्तै सवारी साधन तथा इन्धनमा १ लाख ७९ हजार ८९४, गाडी भाडामा १ लाख ५० हजार र मञ्च व्यवस्थापन, कुर्सी तथा टेन्टमा १ लाख ३१ हजार ७८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

उता रूपन्देही क्षेत्र नं. ३ का नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले करिब १९ लाख ४६ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका छन् ।

निर्वाचन आयोगले रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।