सम्पूर्ण अपडेट

जेनजी आन्दोलन जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन

203
Shares

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा तथा कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।

आयोगका कर्मचारीहरूले प्रतिवेदनसँग सम्बन्धित अन्य कागजातसमेत कार्यालयभित्र लगेर बुझाएका थिए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले असोज ५ गते उक्त घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो ।