
काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेस र रास्वपाबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ ।
कांग्रेसका कुमार लुइँटेलले १३ हजार ७८२ मत ल्याएर अग्रता कायम गर्दा रास्वपाका विश्वराज पोखरेलले १३ हजार ७६५ मतसहित दोस्रोमा छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार ५८ मत प्राप्त गर्दा एमालेका अस्मिता थापाले १० हजार ४४० मत ल्याएकी छिन् ।
हालसम्म कुल ५७ हजार ७७१ मत गणना भएको छ जसमा बदर मत ३ हजार २४९ रहेको छ ।








प्रतिक्रिया