
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा भण्डारी कार्कीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतगणना अनुसार, कार्कीले ३० हजार ३ सय २२ मत प्राप्त गरेकी छन् जुन निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठको तुलनामा २५ हजारभन्दा बढीको अन्तर हो । श्रेष्ठले ५ हजार ६३ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेका मनोजकुमार देवकोटा ४ हजार २ सय ४३ मतसहित तेस्रो र नेकपाका प्रमोद साह ३ हजार ४ सय ७० मतसहित चौथो स्थानमा छन् ।
मतगणना अझै जारी छ।








प्रतिक्रिया