
झापा । झापाका पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा औसत ६८.२४ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका ६ लाख ७३ हजार ४३६ मतदातामध्ये ४ लाख ५८ हजार ३६२ मत खसेको हो । खसेको मतमध्ये महिलातर्फ २ लाख ४२ हजार ५७५, पुरुषतर्फ २ लाख १५ हजार ७८५ र अन्यतर्फ २ मत रहेको छ।
निर्वाचन क्षेत्रअनुसार झापा–२ मा सबैभन्दा बढी ६५.२५ प्रतिशत मतदान भएको छ भने झापा–३ मा सबैभन्दा कम ६२.९१ प्रतिशत मतदान भएको छ।
तथ्यांकअनुसार झापा–१ मा १ लाख ३९ हजार ६७ मतदातामध्ये ८३ हजार ८२२ मत (६३.३५ प्रतिशत) खसेको छ। झापा–२ मा १ लाख ४७ हजार ५२२ मतदातामध्ये ९६ हजार २५३ मत (६५.२५ प्रतिशत) खसेको छ।
त्यस्तै झापा–३ मा १ लाख ४० हजार ५६७ मतदातामध्ये ८८ हजार ४४९ मत (६२.९१ प्रतिशत) खसेको छ। झापा–४ मा १ लाख ३० हजार ९७१ मतदातामध्ये ८३ हजार ६६६ मत (६३.८५ प्रतिशत) खसेको छ।
झापा–५ मा भने १ लाख ६३ हजार ३०९ मतदातामध्ये १ लाख ६ हजार ३७२ मत (६५.११ प्रतिशत) खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यो क्षेत्र केपी शर्मा ओली र बालेन्द्र शाहबीचको प्रतिस्पर्धाका कारण चर्चामा छ । ओली र शाहबीचको प्रतिस्पर्धामा शाह अगाडि देखिएको एक्जिट पोलहरूले देखाएका छन् ।
जिल्लाभरका मतदान केन्द्रहरूमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।








प्रतिक्रिया