
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने चितवन पुगेका छन्।
महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ। महाधिवेशनबाट सभापतिमा लामिछाने नै दोहोरिने निश्चित छ।
लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन्। बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुने जनाइएको छ।






प्रतिक्रिया