फेब्रुअरीको पर्यटक आगमनमा कीर्तिमान, एकै महिनामा भित्रिए १ लाख ५ हजार

105
Shares

काठमाडौं । फेब्रुअरी महिनाको पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । सन् २०२६ को एकै महिनामा १ लाख ५ हजार ४४१ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांक अनुसार फेब्रुअरी महिनामा आएका पर्यटक कोरोना महामारी अघि सन् २०१९ को फेब्रअरीमा भित्रिएका पर्यटक भन्दा बढी हो ।

सन् २०१९ मा नेपालमा जम्मा १ लाख २ हजार पर्यटक भित्रिएका थिए । यो वर्ष सन् २०२६ को फेब्रुअरीमा भने अहिलेसम्कै धेरै पर्यटक भित्रिएको पनि तथ्यांकले देखाएको छ ।

यस अघि सन् २०२५ मा ९६ हजार ८ सय, सन् २०२४ मा ९७ हजार ४ सय पर्यटक नेपाल भित्रिएका थिए ।

तथ्यांक अनुसार फेब्रुअरी महिनामा नेपाल भित्रिएका पर्यटकमा सबैभन्दा बढी भारतबाट २२ हजार ७४५ छन् । चीनबाट १० हजार ८१६ पर्यटक आउँदा अमेरिबाट आउने पर्यटकको संख्या तेस्रो धेरैमा पर्दै आएको छ । अमेरिकाबाट सन् २०२६ को दोस्रो महिनामा नेपालमा ९ हजार ७१० पर्यटक भित्रिएको पनि देखिएको छ ।

नेपाल भित्रिएका पर्यटकमध्ये उत्कृष्ट १० को सूचीको चौथो नम्बरमा श्रीलंकाबाट ६ हजार पर्यटक आएका छन् । त्यसपछिको गन्तव्यहरुमा म्यानबाटरबाट ५ हजार, युकेबाट ४ हजार, अस्टेलियाबाट ५ हजार, थाइल्याण्डबाट ३ हजार, बंगलादेशबाट ३ हजार नै र जर्मनीबाट २ हजार पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।