
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताएका छन् । सोमवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरे ।
पार्टी निर्वाचन परिचालन समितिकी संयोजक समेत रहेका उपसभापति शर्माले दोस्रो ठूलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा गरे । उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली काँग्रेस पहिलो शक्ति बन्ने आँकलन पनि आफूहरुले गरेको बताए ।
उपसभापति शर्माले भने,‘नेपाली काँग्रेस पार्टी फागुन २१ को निर्वाचनबाट सबैभन्दा ठूलो दलको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको आकारबाट सबै भन्दा ठूलो दलको रुपमा आउँदैछ ।
हामी कुनै पनि दोस्रो दल भन्दा राम्रै आकारका साथ अगाडि हुन्छौँ । बहुमत आउन पनि सक्छ । तर अहिले यति ढुक्कले भन्न सकिन्छ–नेपाली काँग्रेस पार्टी सबैभन्दा ठूलो दलको रुपमा आउँछ । प्रत्यक्षबाट पनि आउँदैछ, समानुपातिकबाट पनि आउँदैछ ।’








प्रतिक्रिया