
काठमाडौ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ । आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० रूपैयाँमा कारोबार भएकोमा आज बढेर तीन लाख २६ हजार १०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ रूपैयाँमा खरिदबिक्री भएकोमा आज प्रतितोला छ हजार २० रूपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया