युवा व्यवसायीको समुहले ३० करोडमा भित्र्यायो कैलाश हेलिकप्टर



काठमाडौं । युवा व्यवसायीको समूहले लगानी गरेको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नयाँ हेलिकप्टर भित्रिएको छ ।

क्याप्टेन आशिष शेरचन,  प्रतापजंग पान्डे, श्रिराम केसी, इश्वरी पौडेल, सुनिल श्रेष्ठ, रमेशकुमार पन्डित, सिएन पाण्डे, श्रिहरि कुइँकेलगायतका युवा व्यवसायीहरुको लगानी रहेको कम्पनीले फ्रान्सको जहाज निर्माता कम्पनी एयर बसले निर्माण गरेको हेलिकप्टर भित्राएको हो । क्याप्टेन शेरचन कम्पनीका अध्यक्ष हुन् !

कम्पनीले एस ३५० बिथ्री सिरिजको हेलिकप्टर ल्याएको हो । ३० करोडको लगानी रहेको कम्पनीमा निकट भविष्यमा अर्कोपनि हेलिकप्टर भित्राउने जनाएको छ ।

यो समुहको पर्यटन, बैंकिङ, लगायतका क्षेत्रमा लगानी छ ।

हेलिकप्टर आज सिंगापुरदेखि आएको हो । काठमाडौंमा २ः२० ल्याण्ड भएको थियो । कम्पनीले हेलिकप्टर चार्टर्ड फ्लाईट, रेस्क्यु, बिरामी बोक्ने, नेपालभरि रिजर्भमा लाने, माउन्टेन फ्लाईट गर्ने जनाएको छ ।

उडान अनुमतिको लागि एओसिको प्रक्रियामा अघि बढेको छ, चाँडै नै व्यवसायिक रुपमा सन्चालनमा आउने कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पान्डेले बताए ।


क्लिकमान्डु