बालेनका स्वकीय सचिव भूपदेवले अछाम-२ जित्लान् ?

630
Shares

काठमाडौं । बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका कारण अछाम-२ चर्चामा छ ।

काठमाडौं महानगरमा बालेन शाहलाई सघाएका भूपदेव फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाका उम्मेदवार हुन् ।

बझाङमा चुनावी माहोल निकै प्रतिस्पर्धात्मक देखिन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट कांग्रेस-माओवादी गठबन्धनबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाह विजयी हुँदा एमालेका यज्ञ बोगटी दोस्रो बने । शाहले २२ हजार ९५४ मत ल्याउँदा बोगटीले १६ हजार ११४ मत ल्याएका थिए । तेस्रो हुने स्वतन्त्र उम्मेदवार चन्द्र ढुंगानाले ३११ मतमात्र ल्याएका थिए ।

रास्वपाका भूपदेवबाहेक यसपालि कांग्रेस र एमालेबाट पुरानै उम्मेदवार छन् । साथै नेपाली कम्युनिस्ट पार्टीबाट बलबहादु कुँवर र राप्रपाबाट मीनबहादुर शाही उम्मेदवार छन् ।

८३ हजार मतदातामध्ये २०७९ मा बझाङमा ५३ प्रतिशत मत खस्दा समानुपातिकमा कांग्रेसले १५ हजार ८३४, एमालेले १५ हजार २४, माओवादीले ५ हजार ३३४, नेकपा एसले १६ सय २३ मत ल्याउँदा राप्रपाले ८७३ र रास्वपाले ६४१ मतमात्र पाएको थियो ।

यसपटक चुनावी गठबन्धन नभएको र नयाँ शक्तिहरुसमेत प्रतिस्पर्धामा उत्रिएपछि उक्त क्षेत्र कसको पोल्टामा पर्छ भन्ने एकीन गर्न नसकिने मतदाता बताउँछन् ।