कैलाली २ मा नाउपालाई फुटको असर, जीत जोगाउन सक्ला ?

63
Shares

काठमाडौं । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली-२ बाट नयाँ शक्तिको रूपमा नागरिक उन्मुक्ति पार्टीको उदय भयो ।

त्यहाँ अरुणकुमार चौधरी २१ हजार ८७१ मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेका झपट बहादुर रावलले १६ हजार १२८ र कांग्रेस-माओवादी गठबन्धनबाट प्रतिस्पर्धा गरेका माओवादीका भगत बहादुर बडुवालले १५ हजार ११६ भोट ल्याए ।

समानुपातिकमा पनि नागरिक उन्मुक्ति पार्टीकै वर्चस्व थियो । नाउपाले १९ हजार ५१७ मत ल्याउँदा एमालेले १२ हजार ८१८ र तेस्रो स्थानमा नेपाली कांग्रेसले १० हजार १७१ मत ल्याएको थियो ।

फागुन २१ को चुनावका लागि उम्मेदवारहरूको सूची केही फरक छ । नाउपाले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसबाट विजयबहादुर स्वाँर र एमालेबाट सूर्य बहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाबाट युवा उम्मेदवार केपी खनाल र राप्रपाबाट भरत सिंह बीसीले उम्मेदवारी दिएका छन् ।

यहाँ कांग्रेस र एमालेका लागि पुरानो साख फर्काउने अवसर छ भने रास्वपाको बढ्दो आकर्षणले परम्परागत भोटमा कस्तो असर पार्छ भन्ने हेर्न बाँकी छ । नागरिक उन्मुक्तिमा आएको विभाजनको असर पनि उक्त पार्टीले व्यहोर्ने विश्लेषण छ ।