तनहुँ–१: स्वर्णिम वाग्लेले यसअघिको १४ हजारको मतान्तर जोगाउलान् ? कति सहज छ ?

245
Shares

काठमाडौं । २०८० मा भएको उपनिर्वाचनमा १४ हजार बढी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले हाल पनि सोही स्थानमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल जिजयी भएका थिए । तर, पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि भएको उपनिर्वाचनमा वाग्ले निर्वाचित हुने पुगे ।

कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन लडेर निर्वाचित भएका वाग्लेले सो समयमा ३४ हजार ९१९ मत प्राप्त गरेका थिए । दोस्रो भएका कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शोभा गुरुङले २१८ मत र मंगोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६ मत प्राप्त गरेका थिए ।

तनहुँ–१ मा २०७९ मा भएको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार १५८ मत, नेपाल एमालेले १६ हजार ६८३ मत, रास्वपाले १२ हजार ७७३ मत र नेकपा माओवादी केन्द्रले ७ हजार ३२६ मत प्राप्त गरेका थिए । यस्तै, यस समयमा समानुपातिकतर्फ राप्रपाले ३ हजार ५७७ र नेकपा एकीकृत समाजवादी पार्टीले ९५० मत प्राप्त गरेका थिए ।

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि वाग्लेसँग एमालेका भगवती न्यौपाने, कांग्रेसका गोविन्द भट्टराई, राप्रपाका रामदत्त जोशी र नेकपाका विद्यानाथ ढकाल प्रतिस्पर्धामा छन् । वाग्लेले यसअघिको १४ हजार बढीको मतान्तर थप बढाउँछन् वा घटाउँछन् भन्नेमा निक्र्यौल हुन भने अझै केही दिन कुर्नैपर्ने हुन्छ ।