सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

133
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ भने चाँदीको मोल १५ रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० रूपैयाँ र एक तोलाको चाँदीको मोल पाँच हजार ७४० रूपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० र एक तोला चाँदी पाँच हजार ७२५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।