
काठमाडौं । पटक–पटक जनप्रतिनिधि बनेर १९ पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका पूर्वमन्त्री शरदसिंह भण्डारी पुनः चुनावी प्रतिस्पर्धामा छन् ।
महोत्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट चुनावी मैदानमा रहेका भण्डारी यसअघि यही क्षेत्रबाट २५ हजार १९० मत ल्याएर विजयी भएका थिए ।
लोसपा, कांग्रेस, माओवादी केन्द्रसहितको तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन पाएर उनी निर्वाचित भएका थिए । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ११ हजार १२० मतसहित दोस्रो बने । भण्डारीले यसअघि गठबन्धनका आधारमा जितेकोले उनलाई सहज नभएको चर्चा उक्त क्षेत्रमा हुने गरेको छ ।
यसअघि रक्षा, गृह, पर्यटन, श्रम, ऊर्जा र भौतिक पूर्वाधारलगायत मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका तथा तराई क्षेत्रका शक्तिशाली नेता मानिने भण्डारीसँग यसपटक कांग्रेसकी किरण यादव, एमालेका कासिम नदाफ, नेकपाबाट लक्ष्मणकुमार यादव, रास्वपाबाट दीपककुमार साहसहित ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा ६० हजार ५५ मत खसेको यस निर्वाचन क्षेत्रमा कुल १ लाख ७ हजार ५९४ मतदाता छन् ।
सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका ३७ हजार ७ सय मतदाता रहेका छन् । यस क्षेत्रमा पुरुष मतदाता ५८ हजार ८ सय र महिला मतदाता ४८ हजार ६ सय जना छन् ।
गत निर्वाचनमा ६० हजार ६३० समानुपातिकतर्फ मत खसेको यस क्षेत्र (सप्तरी–२) मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लोसपाले १५ हजार ७२५, कांग्रेसले १० हजार १८९, जनमत पार्टीले ७ हजार ९९८, एमालेले ५ हजार ३२४ मत पाउँदा रास्वपाले ८९१ मत मात्रै पाएको थियो । जेनजी बिद्रोहपछि पहलो पटक हुन लागेको निर्वाचनमा नयाँ युवा मतदाता पनि थपिएको र नयाँ दलको प्रभाव मधेशमा देखिँदा निर्वाचन परिणाम के हुन्छ भन्ने जान्न फानुन अन्तिम साता कुर्नुपर्ने छ ।








प्रतिक्रिया