ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनाेभेसनको प्रदर्शनः २५ फेब्रुअरीमा प्रत्यक्ष प्रसारण

14
Shares

सामसङ इलेक्ट्रानिक्सले आफ्नो ग्यालेक्सी नवप्रवर्तनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गरेको छ। यो अत्यन्त प्रतीक्षित कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११स्४५ बजे विश्वव्यापी प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ।

यस कार्यक्रममा ब्रान्डका चलायमान दूरसञ्चार प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्तालाई दैनिक जीवन सहज बनाउन तयार गरिएका बुद्धिमान कृत्रिम बौद्धिकतामा आधारित अनुभवहरूको नयाँ युग प्रस्तुत गर्नेछ।

ग्यालेक्सी अनप्याक्ड सधैं नवीनतम आविष्कारहरूको मञ्च रहँदै आएको छ, र यस वर्ष पनि यसले अत्याधुनिक बनावट, शक्तिशाली कार्यसम्पादन र स्मार्ट प्रणालीगत एकीकरणमार्फत आफ्नो परम्परालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

आगामी सार्वजनिकरणबारे टिप्पणी गर्दै सामसङ चलायमान अनुभव विभागका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी अनप्याक्डले हाम्रो अर्थपूर्ण नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काउँछ, जसले दैनिक जीवनलाई अझ सहज बनाउँछ। यस सार्वजनिकरणमार्फत हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौं, जुन केवल शक्तिशाली मात्र नभई प्रयोगकर्ताको आवश्यकतासँग बुद्धिमत्तापूर्वक अनुकूलन हुन्छ र उनीहरूको अनुभवलाई पहिलेभन्दा अझ सहज, आपसमा जोडिएको र व्यक्तिगत बनाउँछ ।”

प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रम सम्पूर्ण नेपालभरका दर्शकले सहजै हेर्न सक्नेछन्, जसले ग्यालेक्सी नवप्रवर्तनको भविष्य प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।