एनआईसी एशियाका ग्राहकलाई इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनमा स्वास्थ्य उपचारमा १० प्रतिशत छुट

28
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो अस्पताल), नयाँ दिल्ली, भारतबीच यस बैंकका ग्राहक महानुभावलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक श्री विपिन शर्माले हस्ताक्षर गरेका छन्।

यस बैंकका ग्राहक महानुभावले बाह्य बिरामी कक्ष, प्रतिरक्षात्मक स्वास्थ्य जाँच प्याकेज तथा स्वास्थ्य जाँचसम्बन्धी सेवाहरूमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् र भर्ना उपचार सेवामा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहनेछ। साथै, पूरक भोजन व्यवस्था, अन्तर्राष्ट्रिय बिरामी सेवा तथा अन्य सहायक सुविधाहरू समेत उपलब्ध हुनेछन् ।

यसैगरी, काठमाडौंस्थित अपोलो सूचना केन्द्रमार्फत भेटघाट समय लिने बैंकका ग्राहक महानुभावलाई नयाँ दिल्लीको विमानस्थलबाट होटल वा अस्पतालसम्मका लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ।

उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावले यस बैंकको भुक्तानी कार्ड वा साख कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावलाई स्वास्थ्य उपचारमा सहुलियत हुने विश्वास बैंकले लिएको छ