अम्बे सिमेन्टको व्यापार ‘रिबाउन्ड’, एकै वर्ष १ अर्बको कारोबार

98
Shares

काठमाडौं । अम्बे सिमेन्टले सवा एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२४ मा १५ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ५७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा १ अर्ब ३६ करोडको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार गत आर्थिक वर्षमा सन् २०२२ को अवस्थामा रिबाउन्ड भएको छ ।

गत आवमा उत्पादन क्षमताको उच्च उपयोग र मूल्यमा वृद्धि हुँदायव्यापार बढेको उल्लेख गरेको छ । कम्पनीले गत आवमा २ करोड ९० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

कम्पनीले सन् २०२४ मा ९ करोड ३० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । तर, कुल नगद सञ्चय भने सकारात्मक रहेको छ । सन् २०२४ मा कुल घाटा सञ्चय १० करोड ८० लाख रुपैयाँ थियो । गत आवमा कुल नगद सञ्चय २ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

सन् २००४ मा स्थापना भएको कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गरी व्यापार गर्दै आएको छ । कम्पनीले दैनिक एक हजार मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन गरी विभिन्न १० वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

अम्बे ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ६५ करो ७५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अध्यक्ष शोभाकर न्यौपाने हुन् ।