पाथीभरा पुगिन् प्रधानमन्त्री, भनिन्: शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु

49
Shares

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा पुगेकी छन् ।

चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जिल्लाका गतिविधिबारे जानकारी लिन आएकी उनी शुक्रबार बिहानै पाथीभरा दर्शनका लागि पुगेकी हुन् ।

दर्शनपछि कार्कीले सामाजिक सञ्जालमा ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरूआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, लेखेकी छ्न् ।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीसँग भेट्ने कार्यक्रम छ ।