
एजेन्सी । बंगलादेशमा निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) बहुमततर्फ अग्रसर देखिएको बीबीसीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बीएनपीले दुई-तिहाइ संसदीय सिटमा जित हासिल गर्न सक्छ ।
बीबीसी बांग्ला सेवाका अनुसार बीएनपी नेतृत्वको गठबन्धनले हालसम्म १०९ सिटमा जित निकालेको छ । त्यसैगरी जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ४३ सिट जितेको छ ।
अन्य दल तथा उम्मेदवारहरूको खातामा हालसम्म पाँच सिट परेका छन् । बंगलादेशमा सरकार गठन गर्न १५१ सिट आवश्यक पर्छ ।
यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले यस चुनावमा उल्लेखनीय पुनरागमन गरेको हो ।








प्रतिक्रिया